Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. देवकोटाको उपचार आयुर्वेदिक पद्धतिबाट शुरु



बरिष्ठ न्युरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटाको उपचार आयुर्वेदिक पद्धतिबाट सुरु गरिएको छ । पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि डा. देवकोटा बेलायतस्थित किंङ्स कलेज अस्पतालमा उपचारका लागि जानुभएको थियो ।

डा.देवकोटाको उपचार वरिष्ठ आयुर्वेद चिकित्सक डा.ऋषिराम कोइरालाले शुरु गनुृभएको उहाँका भतिजा बसन्त देवकोटाले जानकारी दिनुभयो ।
डा. देवकोटालाई पित्तथैलीमा क्यान्सर भएको पुष्टि भएपछि किङस कलेज अस्पतालमा दुई पटकसम्म केमो थेरापी दिइएको थियो । तर सो उपचार प्रभावकारी नभएपछि डा देवकोटा गत १५ बैशाखमा नेपाल फर्किनुभएको थियो । उहाँको अहिले बाँसबारीस्थित न्युरो अस्पतालको भिआईपी क्याविनमा उपचार भइरहेको छ ।
आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा कुनै हानी नगर्ने भएकोले सो पद्धती अपनाइएको डा देवकोटाका भतिजा बसन्तले बताउनुभयो । उहाँले सुरुको अवस्थामा भन्दा अहिलेको अवस्थामा केही सुधारोन्मुख भएको समेत जानकारी दिनुभयो ।

‘पहिले भन्दा सुधार पनि भएको छ । अहिले त उहाँ भेटघाट गर्न आउने मान्छेसँग बोल्न सक्नुहुन्छ,’ भतिजा बसन्तले जानकारी दिनुभयो ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्