Logo
|
Friday 29th March 2024
Logo

epaper

बँेसीशहरमा रगत परीक्षण



 

लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ ।

विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो ।

रक्त समूह परीक्षण गरिएका सम्भावित रक्तदाताहरुलाई अस्पतालमा आवश्यक परेको बेला सम्पर्क गरी रगतको परिपूर्ति गर्ने अस्पतालका प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताउनुभयो ।

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र भए पनि उचित प्रयोग हुन नसकेपछि ताजा रक्तदान गर्ने रक्तदातालाई सम्पर्कमा राख्न यस्तो कार्यक्रम गरिएको हो ।

“अस्पतालमा रक्त संकलन केन्द्र छ”, श्रेष्ठले भन्नुभयो, “तर हामीले ताजा रगतका लागि आवश्यक परेको जुनसुकै बेला पनि रगत दिनसक्ने रक्तदातालाई सम्पर्कमा राखेका छौँ ।”

बँेसीशहरको त्रिवेणी टोल, भीमसेनस्थान चोक र शेरा चोकमा छुट्टाछुट्टै शिविर गरी रगत समूह परीक्षण गरिएको थियो । जिल्लामा रगत आवश्यक परेका बेला सम्पर्क गर्न सकिने गरी उनीहरुको नाम ठेगाना र फोन नम्बर राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले रेडक्रस लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ, मस्र्याङ्दी युवा क्लब, त्रिवेणी युवा क्लब, बेँसीशहर युथ सोसाइटीलगायतका समूहसँग सहकार्य गरी कार्यक्रम गरेको हो ।

जिल्लामा प्रभावकारी रक्तसञ्चार केन्द्र नभएको र ताजा रक्तदाता अभाव हुँदै गएपछि विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्