Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वयंसेविकाको प्रश्न, जीवनजल र परिवार नियोजनका साधान खोई ?



संघीय संरचनाअनुसार स्थानीय तहमा स्वास्थ्यका कर्मचारी पुगे पनि औषधि लगायतका सेवा नपुगेको भन्दै गुनासो आएको छ। स्थानीय तहका घर–घरमा पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाले जीवनजल र परिवार नियोजनका साधन समेत उपलब्ध नभएको गुनासो गरेका छन्।

सरकारले नि:शुल्क रुपमा स्वास्थ्य चौकीमा वितरण गर्ने जीवनजल र परिवार नियोजनका साधनहरु तत्कालै उपलब्ध गराउन उनीहरुले माग गरेका छन्। ‘गाउँमा हामीसँग जीवनजल तथा कण्डम लगायतका परिवार नियोजनका साधन माग्ने गर्छन् तर हामीलाई स्वास्थ्य चौकीले  दिएको छैन’  महिला स्वास्थ्य स्वयंसेविकाले भनिन्।

स्वंयमसेविका जमुना थापाले स्वास्थ्य चौकीमा नै जीवनजल र परिवार नियोजनका साधन  पिल्स नपाउँदा तत्काल सेवाग्राहीलाई दिन नसकेको बताइन्। विगतमा स्वास्थ्य चौकीबाट सहजै पाइने औषधि पनि अहिले लामो समयसम् पाउन छोडेको स्वयंसेविका समुत्रा कार्कीले  बताइन्।

उनीमात्र होइन  सैनामैना १ बस्ने स्वस्थ्य स्वंयमसेविका कल्पना खनालको पनि उस्तै भनाई छ । आफ्नो टोलमा जाँदा महिलाहरुले परिवार नियोजनका साधनहरु माग्ने गर्दछन् तर दिन नसकेको उनी बताउँछिन्।

सैनामैना नगरपालिकाका स्वास्थ्य संयोजक युवराज पाण्डेयले स्वास्थ्य चौकीमा सरकारले निःशुल्क दिने करिब २२ प्रकारका औषधि भएको बताएका छन्। उनले जीवनजलको सही सदुपयोग हुन नसक्दा कम मात्रामा स्वयंसेविकालाई दिने गरेको जानकारी दिए। परिवार नियोजनका साधनमा जनस्वास्थ्यले पर्याप्त मात्रामा उपलब्ध गराउँन नसक्दा स्वास्थ्य चौकीमा उपलब्ध गराउन समस्या परेको उनको भनाई छ।स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस्