Logo
|
Wednesday 24th April 2024
Logo

epaper

‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ’ योजना



ललितपुरको सानेपास्थित स्टार हस्पिटलले “स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ” भन्ने नाराका साथ जेष्ठ महिनाभर स्टार भ्रमण महिनाका रुपमा मनाउने निर्णय गरेको छ ।
विगत एक दशक अघिबाट निरन्तर स्वास्थ्य सेवामा समर्पित अस्पताल, निकै नै सुविधा सम्पन्न तथा आकर्षक भवनमा सरेको अवस्थामा हस्पिटलको सेवासुविधा, अत्याधुनिक उपकरण तथा उपचार पद्दती, बरिष्ठ दक्ष चिकित्सक, उपचारको क्रममा लाग्ने खर्चका साथै आगामी दिनहरुमा थप हुने क्रममा रहेका विभिन्न विभाग र सेवा सुविधाका सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भ्रमणमा आउने महानुभावहरुलाई न्यानो स्वागत गर्दै, हस्पिटलको बारेमा जानकारी प्रदान गर्नुका साथै सहुलियत दरमा होल बडी चेक अपको सुविधा रहेको अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिनुभएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि अस्पतालले आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुल, कलेजका प्रतिनिधि, पत्रकार लगायत सबैलाई आफ्नो स्वास्थ्य प्रति सजग रहन सम्पूर्ण महानुभावहरुलाई हृदय देखि नै आग्रह र अनुरोध गरेको हस्पिटलका सिओओ डा. सन्देश जि.सी.ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्