Logo
|
Monday 2nd October 2023
Logo

epaper

जिल्ला अस्पताल उदयपुरमा एन्टी रेविज भ्याक्सिन अभाव



जिल्ला अस्पताल उदयपुरमा एन्टी रेविज भ्याक्सिन अभाव

जिल्ला अस्पताल उदयपुरमा एक महिनदेखि रेविजविरुद्धको सुइको अभाव हुँदा बिरामी मर्कामा परेका छन्।सुइ अभावकै कारण दैनिक ४/५ जना बिरामी उपचार नगराई फर्कन बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ।

सरकारले निःशुल्क उपलब्ध गराउने कुकुरले टोक्दा लगाउने एन्टी रेविज विरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामीले निजी संस्थामा महंगो मुल्य तिरेर उपचार गर्न बाध्य भएका छन्। कुकुरले टोकेको मानिसको संख्या वृद्धि भएसँगै सरकारले जिल्ला अस्पताललाई निश्चित कोटामा उपलव्ध गराउने सुइको अभाव भएको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेड डा.पवनकुमार शाहले बताए।

अस्पतालले सूचना नै जारी गरी एन्टी रेविज विरुद्धको भ्याक्सिन सकिएको जनकारी गराएको छ। अस्पताल प्रशासन प्रमुख नायब सुब्बा बिर्खबहादुर खत्रीले स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई एन्टीरेविज सुइको अभाव भएको पटक-पटक जानकारी गराउँदा पनि औषधि नपठाएको बताए।

उनले भने,’यो यहाँको मात्र समस्या हैन्, राष्ट्रको समस्या हो, १ महिना अघिदेखि तागेदा गरिरहेका छौं, जवाफमा टेण्डर निकालिसकिएको र २/४ दिन लाग्छ भन्ने खबर आएको छ।’

उनले महाशाखाले समयमा औषधि खरिद नगर्दा समस्या भएको बताए। भ्याक्सिनको अभाव भएपछि अस्पतालमा सेवा लिन आउने बिरामी अन्य निजी स्वास्थ्य संस्थामा जान बाध्य छन्।

सरकारी अस्पतालमा ५० रुपैयाँमा पाउने सुइ बाहिर ६ सय रुपैयाँ तिर्न बाध्य छन्। निजी क्लिनिकले भ्याक्सीनको ६ सय लिने गरेका छन्।धेरै जस्तो कुकुर, बिरोलो, स्याल र जंगली जनावरले टोकेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ।अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस्