Logo
|
Tuesday 16th April 2024
Logo

epaper

नेपाल क्यान्सर हस्पिटल र गैर आवासीय नेपाली संघबीच संस्थागत साझेदारी



गैर आवासीय नेपाली (एनआरएन) र उसका परिवारले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर उपचारमा विशेष सहुलियत पाउने भएका छन् ।
नेपाल क्यान्सर हस्पिटलमा सोमबार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा.विजेशराज घिमिरे र गैर आवासीय नेपाल संघ (एनआरएनए) की उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीबीच क्यान्सरको उपचारमा आपसी भागिदारी र सहकार्य बढाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
‘ नेपालमा नै उत्कृष्ठ क्यान्सर उपचार सेवा दिने हाम्रो हैसियत भएकाले नेपाल क्यान्सर अस्पताल र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच एक आपसमा सहकार्य र सम्बन्ध बढाउने नै यस सम्झौताको उद्देश्य हो ।’ हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठले भन्नुभयो ।
नेपालको आर्थिक परिवर्तनका लागि सञ्चालन गरिएको संसारभर रहेका आप्रवासीहरुको छाता संगठनका रुपमा एनआरएनए परिचित छ भने नेपाल क्यान्सर अस्पताल मुलुकको उत्कृष्ठ क्यान्सर उपचार सेवा दिने अस्पताल हो । यद्यपी यस सम्झौताका आधारमा दुवै पक्षहरु एक अर्कासँग संस्थागत साझेदारीमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्