Logo
|
Monday 2nd October 2023
Logo

epaper

विश्व स्वास्थ्य महासभामा नेपाल



 स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ ।

स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा गएको नेपालमा राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिलमा भएका प्रगति तथा चुनौतीबारे अवगत गराउनुभएको जिनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

यही जेठ ७ गतेदेखि १२ गतेसम्म स्वीट्जरल्याण्डको जिनेभामा महासभा जारी रहेको छ ।

यसैगरी राज्यमन्त्री अर्यालले सोमबार नै विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेटेर नेपालको स्वास्थ्य प्रणाली र त्यसको प्रगतिका निम्ति प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा महानिर्देशक डा टेरेडोस एडहेनमले ट्रकोमा निवारणमा नेपाललाई प्राप्त सफलताका निम्ति बधाइ दिँदै कालाजार उन्मुलनमा पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्