नेभिगेशन

सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनलाई आग्रह गरेका हुन् । केही दिनयता बढेको चर्काे घाम र गर्मीले बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको अभिभावक दिलीप साहले जानकारी दिनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका विद्यालय पनि बिहानीपख चलाउने गरी निर्णय गरिएको छ । गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई बिहानीपख चलाउन प्रधानाध्यापकको बैठकले निर्णय गरेको प्रधानाध्यापक मनोज मेहताले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज