
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो । उहाँका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्री अर्यालले नेपालले हालसम्म स्वास्थ्यको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताउनुभएको थियो । उहाँले विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाइलाई आत्मसात् गरी विश्व स्वास्थ्य संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिनुभएको थियो । मन्त्री अर्यालले बुधबार नै भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्दै स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गर्नुभएको बताइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
