ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल र नेपालक्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा गरिएको एक दिने निः शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणबाट ४ सय महिलाले लाभ लिएका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा लक्ष्मीनारायण महिला समूहको आयोजनामा भएको शिविरमा जोरपाटीस्थित कोइराला मेडिकल हलको तर्फबाट निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले महामारीको रुप लिइरहेको क्यान्सर रोग विरुद्ध यस्ता शिविरहरु निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा सांसद सरिता न्यौपानेले स्थानीय स्तरमा प्रभावकारी जनचेतना बढाउन यस्ता शिविरहरु महत्वपूर्ण हुने बताउनुभयो । लक्ष्मीनारायण महिला समूहकी अध्यक्ष इन्दिरा दाहालको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले आगामी दिनमा पनि यस्तो शिविर आयोजना गरिने जानकारी दिनुभयो । समूहकी सचिव गीता अर्यालले शिविरमाज ाँच गराउनेलाई कोइराला मेडिकल हल तथा कान्तिपुर अप्टिकलले उपलब्ध गराउने सेवामा विशेष छुट दिइने जानकारी दिनुभयो । शिविरमा कोइराला मेडिकल हलको तर्फबाट प्राविधिक सहयोग पनि उपलब्ध गराइएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
