Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अर्जुनधारामा दीर्घरोगको उपचार निःशुल्क



 सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै नियमित रक्तचाप जाँच र मधुमेहका बिरामीको रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको नगरप्रमुखको भनाइ छ ।
ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँचको थालनी गर्न शुरुवात गरिएको यस कार्यक्रमको निरन्तरतासँगै भविष्यमा एकल महिला तथा अपांगताका समेत कार्यक्रम अघि बढाइने छ । रासस

प्रतिक्रिया दिनुहोस्