Logo
|
Monday 3rd October 2022
Logo

epaper

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती



सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । 
सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।

वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताउनुभयो ।

यही जेठ ७(मे २१) मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।”
दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भन्नुभयो, “फाहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”

विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्