Logo
|
Friday 19th April 2024
Logo

epaper

अबदेखि सार्वजनिक स्थानमा मदिरा र चुरोट खान नपाइने



अबदेखि सार्वजनिक स्थानमा मदिरा र  चुरोट खान नपाइने

काठमाडौँः सरकारले सार्वजनिक स्थानमा मद्यपान र धुमपान गर्न नपाइने घोषणा गरेको छ । संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक स्थानमा स्थानमा धुमपान र मदिरापानमा निषेध गरिने घोषणा गरेका हुन् ।

 

यसअघि सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न नदिन कारबाही अभियान पनि चलाएको थियो । तर, अबदेखि मद्यपान पनि सार्वजनिक स्थानमा गर्न नपाइने भएको हो ।

सरकारले मदिरा र चुरोटलाई निरुत्साहित गर्दै जानका लागि यसै आर्थिक वर्षदेखि यस्तो नीति लागू गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्