प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको पाँचाँै वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिमिरेले जनताको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा नियमन गर्न प्रदेश सरकारले तयारी थालेको बताउनुभयो ।
खैनी, चुरोट र रक्सी सेवन घातक रोगको कारक रहेको बताउँदै घिमिरेले त्यसमा कसरी खाने, कहाँ खाने र कहिले खाने भनेर नियमन गरिने बताउनुभयो । शारीरिक व्यायाम स्वास्थ्यको एउटा अंगका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै घिमिरेले शारीरिक व्यायाम अपरिहार्य रहेको बताउनुभयो ।
सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, समाजसेवी जयधर्म आचार्य र टीकेन्द्र पोमुले गरीब जनताको स्वास्थ्य उपचारमा पनि अस्पतालले सहयोग पु¥याउनुपर्ने बताउनुभएको थियो । रासस
प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
