Logo
|
Thursday 25th April 2024
Logo

epaper

बजेटप्रति नेपाल चिकित्सक संघको धारणा



नेपाल सरकारले ५ प्रतिशत अतिरिक्त स्वास्थ्य सेवा शुल्क खारेज एवं अस्पतालहरुमाथि लगाईदै आएको मूल्य अभिवृद्धि कर हटाएकोमा नेपाल चिकित्सक संघले खुशी व्यक्त गरेको छ ।

जेष्ठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को आर्थिक आय व्ययको वजेट प्रस्तुत गर्ने क्रममा स्वास्थ्य सेवा शुल्क र अस्पतालहरुबाट लगाइँदै आएको मुल्य अभिवृद्धि कर हटाइएको हो । ‘ यो नेपालको स्वास्थ्य सेवालाई सर्व सुलभ र गुणस्तरीय बनाउने प्रारम्भिक कदम हो’ नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भन्नुभयो—‘संघले सञ्चालन गरेको आन्दोलन र नेपाल सरकारबाट विगतमा गरिएको सम्झौता बमोजिम काम भएको छ ।’
यसका साथै आन्दोलनको दौरानमा सरकारको तर्फबाट गरिएका अन्य सम्झौताहरुलाई समते अक्षरश कार्यान्वयन गर्दै देशभरका स्वास्थ्य संस्था तथा चिकित्सकहरु स्वास्थ्य सेवा प्रवाहका लागि रातिदिन खटिरहेको अवस्थामा, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी हातपात गर्ने, स्वास्थ्य संस्था तोडफोड गर्ने, जस्ता विभिन्न अपराधिक क्रियाकलाप बारम्बार हुने गरेका तथ्यलाई आत्मसाथ गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबललाई उच्च पार्दै सुरक्षित वातारवणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्नका निमित्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल समय सापेक्ष परिमार्जन गर्दै उक्त ऐन तथा नियमावलीमा बिना धरौटी जेल चलान को प्रावधान अभिलम्ब थप गर्न यस संघ नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्