मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गर्नुभएको हो । मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त भइसकेका र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाविस तथा हालको मिक्लाजुङ वडा नं २, ३ र ४ का ६५ घरधुरीमा शौचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो । कार्यक्रममा जिसस प्रमुख पोखरेलले सबैले चर्पीमै दिसापिसाब गर्ने बानी बसाई गाउँलाई स्वच्छ, सफा, सुन्दर गाउँ, टोल बनाउन आग्रह गर्नुभयो । उहाँले खुला दिसामुक्त घोषणालाई प्रभावकारी बनाउन गाउँपालिकाको सार्वजनिक स्थान, बसपार्क, विद्यालयमा पनि शौचालय निर्माण गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाले ६० वर्ष उमेर कटेका चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका विनाश्वरी राई, गायत्रा सञ्जेल, तिलकुमारी आचार्य र लक्ष्मी दाहाललाई जनही रु ५० हजार नगदसहित बिदाइ गरिएको हो । गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागि सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

