Logo
|
Friday 26th April 2024
Logo

epaper

ग्राण्डीमा सञ्चालित सघन उपचार नर्सहरूको प्रशिक्षण सकियो



काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरूका लागि संचालित प्रशिक्षण सम्पन्न भएको छ ।
चरणवद्ध रुपमा संचालन भएको तिन महिना लामो यस प्रशिक्षणमा बिभिन्न अस्पतालहरुवाट सहभागि भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका नर्सिङ निर्देशक एल डी महर्जनले एक समारोहका बीच आज प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिम पछि प्रमाण पत्र ग्रहण गर्नुहुने क्रिटिकल केयर नर्सहरुलाई बधाइ तथा शुभकामना दिनुभयो ।
ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका नर्सिङ उपनिर्देशक तथा नेपाल क्रिटिकल केयर नर्सिङ्ग एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले स्वागत मन्तब्यका क्रममा तालिम सकेर प्रमाणपत्र पाएका नर्सहरूले स्तरिय सघन उपचार सुनिश्चित गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
देशभर सघन उपचारलाई नर्सहरुका लागि यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उहाँले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा नै पहिलो पटक शुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणिय रहेको जिकीर गर्नुभयो ।
त्यसैगरी क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालकी उपाध्यक्ष बिमला श्रेष्ठले कार्यक्रमलाइ सम्बोधन गर्दै देशभरका सघन उपचारकक्षमा स्तरिय सघन उपचार नर्सिङसेवा उपलब्ध गराउनकालागि यो तालिम कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।
देशभर रहेका बिभिन्न अस्पतालमा रहेका ४५० वटा आइसियु बेडमा नै स्तरीय सेवा पुर्याउन अस्पतालहरुमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिबृद्धिगर्न यस किसिमको तालिमको आवश्यकता महशुस गरी गत बर्षबाट यो कार्यक्रम शुरु गरिएको जानकारी गराउनुभयो । यसका लागि अस्पतालबाट पाएको साथ र सहयोग महत्वपूर्ण रहेको भन्दै आभार समेत ब्यक्त गर्नुभएको छ ।
नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा संचालित तालिममा विभिन्न चरणका छनौट परिक्षा उतीर्ण गरेर आएका २६ जना नर्सहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्