Logo
|
Monday 3rd October 2022
Logo

epaper

‘गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता’—स्वास्थ्य मन्त्री



नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्रप्रसाद यादवले गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रीको पदभार ग्रहण सँगै मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा संघीयतामा स्वास्थ्य सेवा जनताको सहज पहुँचभित्र पु¥याउन लागिपर्ने स्पष्ट पार्नुभयो । ‘यसका लागि सबैको सहयोग आवश्यक छ’ —मन्त्री यादवले भन्नुभयो—‘सबैलाई गुणस्तरीय स्वासथ्य सेवा पु¥याउनु आजको आवश्यकता हो ।’ मन्त्री यादव संघीय समाजवादी फोरमका अध्यक्ष समेत हुनुहुन्छ ।

सो अवसरमा स्वास्थ्य सचिव पुष्पा चौधरीले गुणस्तरीय स्वास्थ्य सेवा जनताको घरदैलोमा पु¥याउन चुनौति भएको बताउँदै साधन, श्रोत र दक्ष जनशक्ति पूर्ण रुपमा परिचालन गरेर सफलता हाँसिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
शुक्रबार राष्ट्रपति कार्यालयमा सपत खाएर यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्