नेभिगेशन

नेप्लिज मेडिकल जर्नल सार्वजनिक

नेप्लिज मेडिकल जर्नल काठमाडौंमा सार्वजनिक गरिएको छ । हेल्थ एजुकेशन एग्रिकल्चर डेभलपमेन्ट (हेड) नेपाल प्रकाशन गरेको सो मेडिकल जर्नल पाटन एकेडेमी अफ हेल्थ साइन्सेसका उपकुलपति डा. भरतकुमार यादवले काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्नुभयो । यस जर्ननलमा नेपालका चिकित्सकहरुले गरेका नयाँ अनुसन्धान र अनुभवहरुका बारेमा आर्टिकलहरु प्रकाशित गरिएका छन् । यो जर्ननल ६ महिनामा एकपटक प्रकाशित हुनेछ । यसको मूल्य संस्थागत रुपमा प्रति कपी ३ हजार र व्यक्तिगत कपी १ हजार ५ सय रहेको छ । सो अवसरमा नेपाल मेडिकल कलेजका प्रा.डा. शेखर बाबु रिजाल, प्रा.डा. शिवकुमार राई, प्रा.डा. ऋषीकुमार काफ्ले, वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ प्रा.डा. गणेश दंगलालगायतका धेरै चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज