Logo
|
Friday 29th March 2024
Logo

epaper

पहिलो टेष्टट्यूब बेबीले गरे फर्टिलिटी सोसाइटी अफ नेपालको समुद्घाटन्



नेपालका पहिलो टेष्ट ट्यूव बेबी ओम मणि तमाङले फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसन) को समुद्घाटन गरेका छन् ।
काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा उनले उद्घाटन गरेका हुन् । फर्टिलिटी सोसाइटी अफ नेपालको पहिलो समुद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा ओममणिको उपस्थिति रहेको थियो ।
नेपालमा पहिलोपटक निःसन्तान दम्पत्तिहरुको उपचारमा संलग्न चिकित्सकहरुको छाता संगठनका रुपमा फेसनलाई अघि सारिएको छ ।
वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा गठित फर्टिलिटी सोसाइटी अफ नेपालमा डा. उमा पोखरेल (वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ) , डा. ज्ञानेन्द्र मान सिंह कार्की (वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ), डा. सानुमाया श्रेष्ठ (वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ), डा. सविना श्रेष्ठ (वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ) गरी चार जना उपाध्यक्ष हुनुहुन्छ ।
यसैगरी महासचिवमा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्मा, सहसचिवमा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. रश्मी सिरिस, कोषाध्यक्षमा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. मिरा थापा, सदस्यहरुमा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. उषा खान, प्रजनन स्वास्थ्य विशेषज्ञ डा. प्रेरणा दाहाल र प्रजनन स्वास्थ्य विशेषज्ञ डा. चेतना श्रेष्ठ हुनुहुन्छ ।
सो अवसरमा वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. भोला रिजालले निःसन्तान हुनु कसैको पनि दोष नभएको उल्लेख गर्दैे अब निःसन्तान उपचार केन्द्रहरु दर्ता, स्थापना तथा सञ्चालनमा सहज वनाउन फेसनले पहल गर्ने बताउनुभयो ।
फेसनकी महासचिव डा. स्वस्ती शर्माले निःसन्ताको समस्यामा पुरुषहरुको पनि भूमिका हुने भएकाले यसमा महिलाहरुलाई मात्र दोष नदिन आग्रह गर्नुभयो ।
सो अवसरमा फेसनकी उपाध्यक्ष डा. उमा पोखरेल श्रीवास्तव, डा. सानुमायाँ श्रेष्ठले निःसन्तान उपचारलाई व्यापाक र व्यवस्थित वनाउन सबैको सहयोग र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. मुक्ति श्रेष्ठ, नेपाल हेल्थ रिसर्च काउन्सिलका अध्यक्ष डा. अञ्जनीकुमार झालगायतले अझ निःसन्तान दम्पत्तिहरुको उपचारमा सहजतना ल्याउन फेसनले पहल गर्ने उल्लेख गर्दै सुभकामना दिनुभयो ।


नेपालमा पहिलोपटक आधिकारिक रुपमा आईभिएफ प्रविधि बाट ओम आईभिएफ सेन्टरमा जन्मिएका ओम मणि तमाङ अहिले १४ वर्षका भइसकेको छन् । हाल उनी कक्षा ८ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्