बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो । एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभयो । यस्तै स्वास्थ्य शिविरमा ९९४ जनाले सेवा लिएका छन् । सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक र प्रदेश सातको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाककान घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा आएकामध्ये १९१ जना महिलाको पाठेघर खसेको पाइएको र १७ जनाको शल्यक्रिया गर्नुपर्ने बैतडीका प्रशासकीय अधिकृत राधिका भट्टले जानकारी दिनुभयो । पाठेघर खसेका महिलामध्ये शल्यक्रिया गर्नुपर्ने महिलाको निःशुल्करुपमा नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो । शिविरमा ३२१ जनाको नाक, कान, घाँटीको उपचार, २२६ जनाको समान्य स्वास्थ्य परीक्षण, १३८ जनालाई दन्तसेवा प्रदान गरिएको थियो । रासस
प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

