महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएकामध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो । आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो ।
“यही जेठ १३–१९ सम्म जिल्लाका चार स्थानमा शिविर चलायौँ”,सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “जस्मा उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाइयो भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेछ ।” महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् । तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताउनुभयो । भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उहाँको भनाइ थियो । रेडक्रसले सञ्चालन गरेका शिविरमा पनि आँखा जाँच गरिएका बिरामीमध्ये महिलाको संख्या नै बढी पाइएको छ । आर्थिक वर्ष २०७४÷७५ को हालसम्मको अवधिमा रेडक्रसले सञ्चालन गरेका शिविरमा आँखा जाँच गराउने करिव एक हजारमा झण्डै ६०० महिला रहेका रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले बताउनुभयो । बर्दिवास आँखा अस्पतालमा पनि आँखाको उपचार गराउनेहरूमा महिला नै बढी भेटिएका छन् तर गर्मीयाममा खेतीपातीको काम बढेपछि आखाँ उपचार गराउनेमा पुरुषको संख्या बढ्ने गरेको छ । जेठदेखि भदौ १५ सम्म पुरुष बिरामी बढी हुने र अन्यबेला आँखाको समस्या लिएर आउनेमा महिलाकै संख्या बढी देखिने गरेको अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताउनुभयो । आँखाको नियमित सरसफाइ नगर्दा र धुलो, धुवाँबाट बच्न नसक्दा बढीजसोमा आँखाको समस्या बढ्ने गरेको उक्त अस्पतालका आँखा चिकित्सक डा डिनाले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

