मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । यही जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि नगरपालिकाले चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालीम दिएको छ । तालीम पाएका तिनै व्यक्तिहरु खोजपड्तालमा जानेछन् । खोजपड्ताल टोलीमा महिला र पुरुष दुवै हुनेछन् । टोलीले शङ्का लागेमा शरीरको पूरै जाँच गरी कुष्ठरोगको लक्षण पहिल्याउनेछन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको मेचीनगरकी स्वास्थ्य संयोजक शशिकला राई बताउनुहुन्छ । शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन् । झापा जिल्लामा ५२१ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले बताउनुभयो । रासस
प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

