Logo
|
Friday 29th March 2024
Logo

epaper

पाँच वर्षमा सुविधासम्पन्न वाथरोग अस्पताल !



काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले आगामी पाँच वर्षमा सुविधा सम्पन्न केन्द्रिय वाथरोग अस्पताल सञ्चालमा ल्याउने घोषणा गरेको छ ।
सेन्टरले आफ्नो स्थापनाको ५ औं बार्षिकोत्सव मनाउँदै गर्दा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले पाँच वर्षमा केन्द्रियस्तरको बाथ रोग अस्पताल सञ्चालनमा ल्याउने धोषणा गर्नुभयो ।
२०७० सालमा स्थापना भएको यो सेन्टर र यसको शाखा विस्तारबाट अहिले पोखरा, जावलाखेल, भक्तपुरबाट हजारौं बाथरोगीले सेवा प्राप्त गर्न सफल भएका छन् । ‘हामीले नेपालमा भएका कुल बाथरोगीमध्ये २.४२ प्रतिशतलाई उपचार सेवा दिन सफल भएका छौं ।’—नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले भन्नुभयो—‘ हरेक वर्ष एक जिल्लामा बाथरोग सेन्टर विस्तार गर्ने र जनचेतना अभियानलाई व्यापक रुपमा अघि बढाउँदै गएका छौं ।’
यस सेन्टरले रातो पुलबाट २० हजार ८, भक्तपुरबाट १ हजार ६ सय ९०, जावलाखेल शाखाबाट ५ हजार ९ सय ९७, पोखराबाट ३ हजार ५ सय ५ र विभिन्न ठाउँमा सञ्चालन गरिएको निःशुल्क शिविरबाट ४० हजार ७५ गरी जम्मा ७१ हजार २ सय ७५ जनाले बाथरोगसम्बन्धि उपचार सेवा प्राप्त गर्न सफल भएका छन् । हरेक मुलुकमा कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग हुनसक्ने भन्ने अमेरिकन कलेज अफ र्युमोलोजीको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा करिब ३० लाख व्यक्ति बाथरोगबाट पीडित छन् । कक्षपतिले भन्नुभयो—‘समुदायमा आधारित कार्यक्रमहरु अघि बढाइरहेका छौं । बाथरोगसम्बन्धि दक्ष चिकित्सक उत्पादनका लागि तालिमसमेत दिँदै आएका छौं ।’ उहाँले बाथरोगसम्बन्धि समुदायमा आधारित अनुसन्धानलाई निरन्तरता दिने र आफ्नो मौलिक तथ्यांक पत्ता लगाउने, टेलिमेडिसिन सेवालाई निरन्तरता दिने बताउनुभयो ।
सो अवसरमा वरिष्ठ बाथ रोग विशेषज्ञ डा. विनिति वैद्यले अहिले मुलुकमा बाथरोगको उपचार गर्ने चिकित्सक न्यून भएको उल्लेख गर्दै ९० प्रतिशत बाथरोग लक्षणका आधारमा पत्ता लाग्ने र १० प्रतिशतका लागि रगत जाँचको आवश्यकता औंल्याउनुभयो । उहाँले बाथरोग अटो इम्युन डिजिज भएकाले बेलैमा यसप्रति सचेत र जगत रहन आग्रह गर्नुभयो । अहिले मुलुकमा रहेका ३० लाख बाथरोगीका लागि ८ जना चिकित्सक मात्र रहेका छन् ।
सो अवसरमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बाथरोग सेन्टरले अहिले मुलुकभरका बाथरोगीहरुलाई गरेको सेवाको सह«ाना गर्नुभयो ।
नेशनल बाथरोग सेन्टरले रामेछाप, बेनी, चिवन, वुटवल, भैरहवा, हेटौडालगायतका १६ ठाउँमा वाथरोगसम्बन्धित तालिम सञ्चालन गर्दै आएको छ । सेन्टरले मुलुकमा बाथरोगको एनएफसी, इएनए टेष्ट एवं वाथरोगीलाई आवश्यक पर्ने बायोलोजिकल एजेन्ट औषधिको सुविधा प्रदान गर्दै आएको छ ।
सो अवसरमा उत्कृष्ठ काम गर्ने केन्द्रका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्