Logo
|
Monday 11th December 2023
Logo

epaper

डा राईको उपचारमा सघाउन अभियान



 

 एकसाता भन्दा बढी समयदेखि भारतको सिलगुढीमा उपचाररत भुटानी शरणार्थी अगुवा डा भम्पा राईको उपचारमा सहयोग जुटाउन दमक क्षेत्रका सामाजिक संघसंस्थाहरुले चासो देखाएका छन् ।

शिविरमा स्वदेशफिर्ती अभियान चलाइरहेका शरणार्थी नेता डा राईको आन्द्राको शल्यक्रिया गरिएको र थप उपचारमा सहयोग पु¥याउन यस क्षेत्रका संघसंस्थाहरुले चासोका साथ अभियान थालेका छन् ।

डा. राईको सातादशदिन अघि भारतको सिलगुढीस्थित आनन्दलोक हस्पिटलमा आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उहाँ त्यहाँ उपचाररत हुनुहुन्छ ।

७२ बर्षीय डाक्टर राईको उपचारमा सहयोग पु¥याउन दमक पव्लिक लाइव्रेरी, दमक जेसीज र नेपाल रेडक्रस सोसाईटी, उपशाखा दमकले संयुक्त रुपमा बैक खाता नै खोलेर अभियान थालेका हुन् ।

अभियानकर्मीहरुले राईको सहयोगमा एसवीआई बैक दमकमा २१९१५२४१४०५७५५ नं खाता खोलिएको र इच्छुक दाताहरुसंग सहयोग गरिदिन आग्रह समेत गरिएको अभियानमा संलग्न दमक जेसीजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो ।

डा.राईले दमकमा रहेर धेरै बिरामीहरुको स्वास्थ्य उपचार गरेर अपुरणीय गुण लगाउनुभएकाले उहाँको दुखको अवस्थामा सघाउन संयुक्त अभियान थालिएको अध्यक्ष खत्रीले बताउनुभयो । जीवनमरणको दोसाधमा रहेका डा. राईको उपचारमा आर्थिक अभाव भएकाले उनको उपचारमा थोरै भएपनि सघाउन अभियान थालिएको पव्लिक लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

डा राई आफैँ बिरामी छन् भने श्रीमती उर्मिलासमेत विगत सात महिनादेखि दुवै मिर्गौला समस्याले उपचाररत हुनुहुन्छ । उहाँले विर्तामोडको विर्तासिटी हस्पिटलमा डाइलाइसिस गरिआउनुभएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती समिति (वीआरसीसी) का अध्यक्षसमेत रहनुभएका डा राई स्वदेश फिर्ती अभियान चलाउँदै आउनुभएको छ । रासस
–––

प्रतिक्रिया दिनुहोस्