Logo
|
Thursday 28th March 2024
Logo

epaper

१५ वर्ष कुजो, एकदिनमै तगडा



 सायद कम पैसा मै उपचार हुने भए एकजना ३९ बर्षिय युवक पन्द्र बर्षदेखि कुजो भएर वस्दैनन थिए ।

महगों शुल्ककै कारण उनले लामो कालखण्ड कुजो जीन्दगी विताए । त्यस्तो वाध्यता भोग्ने खोपाचागु घर भै हाल चरिकोट वस्दै आएका हिसी शेर्पा थिए ? नेपालका कुनै पनि अस्पतालले उनको उपचार छ लाख भन्दा कम मूल्यमा हुन्न भनिरहेका थिए । तर, सस्तोमै दोस्रो दिनपछि हिड्नसक्नेगरी उपचार भएपछि भने हिसी शेर्पा आफै आश्चर्यमा परेका छन् ।

दाहिने पेट तल तिघ्रामाथिको पुठ्ठा (हिप) मा जोर्नी विग्रिएको थाहा पाएपछि उनले उपचार विधि खोज्दै दौडधुप थालेका थिए । ‘नेपालका ठूलो अस्पताल सबै ठाउँमा पुगेँ । सबैले छ देखि आठ लाख रुपैयाँ लाग्छ भनेँ,’ चरिकोट अस्पतालको शैयाबाट विस्तारै उठेर हिड्दै हिसीले भने, ‘सबैभन्दा महंगो भनिएको ३५ बर्ष टिक्ने अमेरिकी सामान एक लाख ७५ हजारमा किनेर दिएँ । सित्तैमा उपचार भयो । यी अहिले त हिड्न सक्ने भए ।’ उनले प्रयोग गरेको सामानको मात्रै अन्य अस्पतालहरुले तीन लाख भन्दा बढिको हिसाव देखाएको पनि उनले सुनाए ।
पैसा र विकसित प्रविधिको ज्ञान अभावले थुप्रै नेपालीहरु दु:ख पाइरहेका उदाहरणमध्ये हिसी एक हुन, तर कयैन नेपाली उक्त समस्याबाट अझै कुजो जीवन विताइरहेका छन् । न्याय हेल्थको व्यवस्थापनमा सबै सेवा निशुल्क हुने सरकारी अस्पताल चरिकोट अस्पतालका डा. विनोद दङ्गालका अनुसार अप्रेशसन, औषधि, शैया र खानासमेत निशुल्क भएकाले हिसीले सस्तोमा उपचार पाएको बताए । हिसीकै रोजाईमा टोटल हिप रिप्लेसमेन्टका सामानहरु किनिएपछि उपचार सफल भएको उनले बताए । उक्त सामानको मूल्य गुणस्तर अनुसार ५० हजार भन्दा माथि पर्ने उनले बताए ।
उमेर छिप्पिदै ५० बर्ष कटेपछि, अति मदिरा र धुमपान सेवनलगायत कारणले जाँघ र पेटको वीचको हड्डी अर्थात हिपमा समस्या आउने हिसीको शल्यकृयामा संलग्न ह्याम्स अस्पतालका चिफ अर्थोपेडिक सर्जन भाष्करराज पन्तले बताए । मासिनका हिप मुटु र मिर्गौला जतिकै महत्व भएकाले उक्त उपचारमा पनि सरकारले सहुलियत दिनुपर्ने उनको भनाई छ । ‘यसलाई विदेशतिर जीवन परिवर्तन गर्ने शल्यकृया पनि भनिन्छ,’ डा. भाष्करको भनाईमा धेरै नेपालीहरु जानकारी र पैसा अभावले उक्त समस्यामा जीवनभरी ह्वील चियरमा वस्दै कुजो भएर मरिरहेका छन् । अप्रेशन गरेकै भोलीपल्टबाट हिड्न सकिने र करिब तीन महिना आरम गरेपछि सामान्य झै हुने उपचार नेपालमा भने अस्पताल नै पिच्छे मोलतोल हुने गरेको पाइएको छ ।
सरकार, निजी क्षेत्र र समुदायको सहकार्यमा सञ्चालित चरिकोट अस्पतालमा दैनिक तीन सय जनाले निशुल्क जचाउँछन् । त्यसमध्ये १० देखि १५ प्रतिशत विरामी हड्डीसम्बन्धी समस्याले आउछन् । शल्यकृया गर्नुपर्ने विरामीलाई तीन महिनाको अन्तरमा डा. भाष्करलगायत विशेषज्ञ टोली आएर निशुल्क उपचार सेवा दिन्छन् । जोर्नी प्रत्यारोपण भनिने उक्त शल्यकृयामा गेडीमात्रै फेर्ने, आधा फेर्ने वा सिमेन्ट राखेर जमाउने प्रविधि प्रयोग डा. भाष्करले बताए ।
चरिकोट अस्पतालको तथ्याङ्कमा मासिक ४० जनाले हड्डीसम्बन्धीलगायत जटिल शल्यकृयाको निशुल्क सेवा पाउँछन् । करिब एक सय जना निशुल्क सुत्केरी सेवा पाउँछन् । निशुल्क सेवाका लागि सरकार र न्याय हेल्थ मिलेर उपकरण, औषधी र जनशक्तिको व्यवस्थापन गरिएको छ । जोर्नी फेरिएपछि पौडी र गल्फ जस्ता खेलसमेत खेल्नु हुन्छ तर बढि भार पर्ने, खुट्टालाई परिश्रम पर्ने जुध्ने खालका खेलहरु खेल्न भने नहुने डा. भाष्कर बताउछन् । मदिरा र धुमपानबाटै टाढै रहनु राम्रो मानिन्छ ।
नेपालको संविधानमा उल्लेख भएअनुसार जनतालाई सम्पूर्ण उपचार सेवा दिन सकिने नसकिने बारे पाइलट परियोजना भनिएको उक्त अस्पताल १० बर्षसम्म यसरी नै सञ्चालन हुने सम्झौता छ । यस प्रकारको अभ्यास आछाम जिल्लामा पनि न्याय हेल्थकै सहकार्यमा सरकारले सञ्चालन गर्दै आएको छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्