Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोशी अञ्चल अस्पताल सुधारमा महानगरको चासो



विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई सुधार गर्ने अभियान थालिएको छ । विराटनगर महानगरपालिकाले अस्पतालको समन्वयमा सो अभियान शुरु गरेको हो । आजदेखि शुरु भएको सो अभियानअन्तर्गत अस्पताल आसपासको क्षेत्रमा सरसफाई गरिएको छ ।

अस्पतालमा बच्चा वार्ड, फोहोरमैला व्यवस्थापन, भौतिक संरचना आदिमा सुधार अभियान शुरु गरिएको जनाइएको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पतालका समस्याहरु समाधानका लागि नगरपालिकामा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्