Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल मेडिसिटीमा अब्स्टेट्रिक क्रिटिकल केयर कार्यशाला गोष्टी



ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको अब्स्टेट्रिक क्रिटिकल केयर कार्यशाला गोष्टी सम्पन्न भएको छ ।

गोष्टीमा नेपालका विभिन्न स्थानहरुबाट आएका करिब ६० जना स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

नेपाल सोसाईटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा कार्यशाला गोष्टी आयोेजना गरिएको थियो ।

सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गरी सबै नेपालीलाई स्वस्थ्य बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो–‘नेपाली चिकित्सकहरुले नेपालीहरुलाई उपचारका लागि विदेश नपठाउन संकल्प गर्नुपर्छ ।’ 

नेपालीहरुको उपचार देशमै सम्भव बनाउने अभियानमा नेपाल मेडिसिटी लागिपरेको उहांले स्पष्ट पार्नुभयो ।

अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निरा सिंहले फिजियोलोजी इन क्रिटिकल केयर अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल मेडिसिटी अस्पतालको एनेस्थेसियोलोजी विभागका प्रमुख डा. अपूर्व शर्माले एसेसमेन्ट अफ क्रिटिकल्ली इल पेसेन्ट तथा कार्डियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले कार्डियाक इभ्यालुएसन इन अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी अस्पतालका डा. दिप्तेश अर्यालले सेप्सिस एण्ड मल्टी अर्गान फेलुअर इन अब्स्टेट्रिक्स पेसेन्ट, रेडियो इमेजिङ्ग विभागका प्रमुख डा. रामकुमार घिमिरेले रोल अफ इमेजिङ्ग एण्ड सोनोलोजी इन क्रिटिकल्ली पेसेन्ट र मेडिकल इस्युज इन प्रेग्नेन्सीका बारे पल्मोनोलोजिष्ट डा. संजित कृष्ण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमको दोश्रो चरणमा रिसस्टिटेशन एण्ड हेमोडायलाईसिस म्यानेजमेन्ट, एयर वे म्यानेजमेन्ट एण्ड मेकानिकल भेन्टिलेसन, इमरजेन्सिज इन अब्स्टेट्रिक्स र इक्विपमेन्ट एण्ड टुल्सका बारेमा बताइएको थियो ।

सो अवसरमा नेपाल सोसाईटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टका डा. गणेश दंगाल र डा. अमिरबाबु श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्