Logo
|
Friday 19th April 2024
Logo

epaper

मेडिकल कलेजको सिट निर्धारण आयोगबाट



आगामी वर्षदेखि मेडिकल कलेजहरूमा एमबिबिएसको सिट निर्धारण चिकित्सा शिक्षा आयोगले गर्ने भएको छ । १६ जेठमा नेपाल मेडिकल काउन्सिलका नाममा पत्र काट्दै आयोगले आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण नगर्न आग्रह गरेको हो । अहिले मेडिकल कलेजको सिट निर्धारण मेडिकल काउन्सिलले गर्दै आएको छ । आयोगले आगामी शैक्षिक सत्रबाट सबै मेडिकल कलेजको सिट निर्धारण गर्ने जनाएको छ ।
आयोगले काउन्सिललाई पठाएको पत्रमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिन धुलिखेललाई बोधार्थ दिएको छ ।

आयोगका सचिव लालजंग चौहानद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षाको स्नातक तहको विद्यार्थी भर्नाका लागि अध्यादेशको दफा १७ उपदफा १ अनुसार आयोगले प्रत्येक वर्ष तोकिएबमोजिमको मापदण्डका आधारमा विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य शिक्षणसंस्थाका लागि निश्चित सिट संख्या तोक्नेछ । त्यसैले सो सिट संख्या तोक्ने कामलाई हाल रोक्नुहोला ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्