नेपालका बजारमा तरकारी र फलफूलका नमुनामा कम विषादी पाइन थालेपनि अझै ढुक्क हुने अवस्था नआइसकेको भन्दै उपभोक्ता अधिकारीवादीहरूले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा तरकारी तथा फलफूलमा विषादीको प्रयोगमा कमी आउन थालेको कृषि विभागका अधिकारीहरूले बताएका छन्। तर तीनको सबै खाले परीक्षण नहुने हुँदा अझै पनि ढुक्क भएर खान सक्ने स्थिति नभएको उपभोक्ता अधिकारवादीहरूले बताएका छन्। बाली संरक्षण निर्देशनालयका अनुसार पछिल्लो ६ महिनामा काठमाण्डूको कालीमाटीमा परीक्षण गरिएका तरकारीका नमुनामा विषादीको प्रयोगमा कमी आएको पाइएको छ। पछिल्लो वर्ष तुलनात्मक रूपमा कम हानिकारक विषादी नेपाल भित्रिने क्रम बढेकोले विषादीको अवशेषमा कमी आएको हुनसक्ने अधिकारीहरू बताउँछन्।चिन्ताहरू

'सुधार'
राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फलफूल र तरकारीमा विषादीको प्रयोगमा क्रमश: सुधार आउँदै गएको पाइए पनि अझै ढुक्क भएर खानसक्ने अवस्था नरहेको बताए। उनले भने, "बाली संरक्षण निर्देशनालयले परीक्षण गरेको नमुना त हामीले पक्कै पनि खान पाएको छैनौँ। हरेक क्षेत्रबाट आउँछ त्यसैले विषादीमुक्त छ भन्ने अवस्था त पक्कै पनि छैन।" सरकारले काठमाण्डूको कालीमाटीमा तरकारी तथा फलफूलमा विषादीको प्रयोग परीक्षण गर्न २०७१ सालमा प्रयोगशाला राखेका थिए। अहिले देशभर विभिन्न ७ ठाउँमा त्यस्ता प्रयोगशालाहरू राखिएका भए पनि त्यसले समग्र तरकारी आपूर्ति हुने क्षेत्रलाई समेट्न नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन्। बीबीसी
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
