गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् । जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा झाले बताउनुभयो । डा झाले यस अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताउनुभयो । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ । जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् । रासस
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
