पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ ।
नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । गैँडाकोट नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लोकतान्त्रिक सचेतना केन्द्र गैंँडाकोट– १४ नगरटाँडीले धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरिरहेको छ । स्वास्थ्यमा कम असर गर्ने तथा समयको बचत हुने भएकाले वातावरणमैत्री चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । “तालीम पश्चात महिलाले चुल्हो बनाएर प्रयोग गर्न थालेका छन्,” लोकतान्त्रिक सचेतना केन्द्र गैँडाकोट, नगरटाँडीका अध्यक्ष फूलमाया तामाङले भन्नुभयो । चाम्रो माटो, फलामको रड, तार, बाबियोका टुक्रा, नुन, चिनी र बर्नलको सहयोगमा फर्मामा हालेर चुल्हो बनाउने गरिन्छ । रासस
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
