Logo
|
Wednesday 24th April 2024
Logo

epaper

निःशुल्क स्वास्थ्य परीक्षण



भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, जनरल स्वास्थ्य एवं दन्त परीक्षण गरिएको केन्द्रका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी. सेवासमेत निःशुल्क गरिएको थियो भने औषधि पनि निःशुल्क वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी परीक्षणमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै आफ्नै गाउँटोलमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएपछि उपचार गर्न टाढा जानुपर्ने बाध्यता कम हुने उहाँले बताउनुभयो ।

त्यसैगरी, रक्तदान कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्