Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्टार भ्रमण योजना असारभर, एक सय रुपियाँमा ओपिडी सेवा



ललितपुरको सानेपास्थित स्टार हस्पिटल लिमिटेडले जेष्ठ महिनाभर सञ्चालन गरेको स्टार भ्रमण योजना अवधि एक महिना थपेको छ ।

सेवाग्राही महानुभावहरुको अत्याधिक सहभागीता तथा मागका कारण यस कार्यक्रमको अवधी थप एक महिना लम्बाइएको अस्पतालका सिओओ एवं आँखा विशेषज्ञ डा. सन्देस जीसीले बताउनुभयो । ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ’ भन्ने नाराका साथ संचालित कार्यक्रममा हजारौँको संख्यामा आफ्नो स्वास्थ्य प्रति सजक जनसमुदायको सहभागिता थियो ।
भ्रमणमा आउनुहुने महानुभावहरुलाई हस्पिटलले न्यानो स्वागत गर्दै हस्पिटलको सेवा सुविधा तथा उपचार पद्धतीको बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले भ्रमण अवधिभर एकदमै सहुलियत दरमा होलबडी चेकअप गर्नुका साथै हस्पिटलका सम्पूर्ण सेवाहरुमा आकर्षक छुट प्रदान गरिरहेको जानकारी दिनुभयो ।
अस्पतालले आषाढ महिनाभर विहान ११ः०० बजे देखि १ः०० बजे सम्म विशेषज्ञ चिकित्सकिय सेवा मात्र रु. १०० मा प्रदान गर्ने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि.सी बताउनुभयो । अस्पतालले स्टार भ्रमण योजना कार्यक्रमलाई भव्यताका साथ सफल पारी निरन्तरता प्रदान गर्न सहयोग गर्नुहुने आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुलकलेजका प्रतिनिधि, पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्