Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार



चौथो अन्तर्राष्ट्रिय योग दिवस देशभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।
पतञ्जलि योगपीठ नेपालको आयोजनामा असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन गरिने पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले जानकारी दिनुभयो ।
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएकाले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरणा मिल्ने बताउनुभयो ।
पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्रविक्रम महतले विश्वसामु योगलाई पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा परिचित गराउन आवश्यक रहेको धारणा ब्यक्त गर्नूभयो।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । संयुक्त राष्ट्र संघले सन २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्