Logo
|
Friday 29th March 2024
Logo

epaper

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट



जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ  ।

म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका हुन् । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण हुने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले कोकाकोला १२ बोतल, फ्यान्टा २८ बोतल, स्प्राइट १५ बोतल, फ्रुटी एक दर्जन, भुजा सात प्याकेट, ५३ प्याकेट भुजा, मसला ४९ प्याकेट, सेन्चुरी पोट्याटो २० प्याकेट, हरियो मटर ३४ प्याकेट, स्नेहा रातो तीन प्याकेट, निम्बु चटपटे चार प्याकेट, कुरकुरे १४ प्याकेटलगायत म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

अनुगमन टोलीबाट बरामद भएका खाद्यवस्तु बिहीबार विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारको रोहबरमा नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो  । रासस

प्रतिक्रिया दिनुहोस्