Logo
|
Saturday 20th April 2024
Logo

epaper

जिल्ला अस्पतालमा नवशिशु स्याहार कक्ष



जिल्ला अस्पतालले शनिबारदेखि सुविधासम्पन्न नव शिशु स्याहार (एसएनसीयू) कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय स्तरीय गर्भवती सेवा तथा विभिन्न उपचारका लागि नाम कहलिँदै गएको उक्त सरकारी अस्पतालले नवशिशु स्याहार कक्ष समेत सञ्चालनमा ल्याएको हो ।

नवजात शिशुलाई जन्मनासाथ तत्काल दिइनुपर्ने उपचार तथा स्याहारका लागि उक्त विशेष कक्ष सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.फणिन्द्र बरालले जनाए ।
कक्षमा नवजातलाई शितांग हुनबाट बचाउन, तापक्रम सन्तुलन राख्न, बच्चाको मोनिटरबाट अक्सिजन, मुटु धडकन, रक्त सञ्चालन लगायतको अवस्था थाहा पाउन प्रविधियुक्त बनाइएको बरालले बताए । ‘प्रसूतिसम्बन्धी ९९ प्रतिशत समस्या जिल्ला अस्पतालबाट समाधान गर्न सक्नेछौं ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्