Logo
|
Saturday 20th April 2024
Logo

epaper

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा




स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिनुभयो ।

उहाँले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य परेकाले घर घरमा स्वास्थ्य अभियान गरी यसमा सुधार ल्याइने बताउनुभयो ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पूर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्य अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गत साठी वर्ष पुगेका महिला स्वयंसेवीहरू सुन्दरा लोनिया, जन्नतुल सल्मानी र जाहिरा बेगमलाई जनही रु २० हजार प्रदान गर्नुकासाथै बिदाइ गरिएको थियो ।

गाउँपालिकामा खोप सेवा लिने जन्मेदेखि एक वर्षका बालबालिकाको संख्या एक हजार १०९ पुगेको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये डुडुवासँगै खजुरा र वैजनाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भइसकेका छन् ।
लागुऔषधसहित दुईजना पक्राउ

श्री मेयर गण शम्शेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धीरेन्द्रजङ्ग शाही लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले स्थानीय ढकेरीबाट उनीसँगै ब्राउन सुगर कारोवार गर्ने रिम पौडेल पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएका बेला प्रहरीको विशेष टोलीले साँझ छापा मारेको थियो । पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोवारी भएकमो बताइएको छ ।

ओपिडी सेवा शुरु

बाँके जिल्लाको खजुरास्थित शुशील कोइराला क्यान्सर अस्पतालले सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।

सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थाका साथै सबैखाले उपकरण जडान भइसकेको अस्पतालका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार १०० श्ययाको मान्यता पाएको सो अस्पतालले शुरुमा ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गर्नेछ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा रु १८ करोड बजेट विनियोजना गरिएको छ ।

प्रदेश नं ५, कर्णाली र ७ का नागरिक सो अस्पतालमा बाट लाभान्वित बताइएको छ । विसं २०६५मा शुरु गरिएको अस्पतालमा हालसम्म रु ३५ करोडभन्दा बढी लगानी भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्