Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

लागुऔषध प्रयोगकर्ताको संख्या १० वर्षमा तीन गुणा बढी



अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस नेपालमा पनि आज सचेतना कार्यक्रम गरी मनाईदैछ । संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख भएअनुसार हरेक वर्ष जुन २६ का दिन अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन थाालिएको हो । विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउने उद्देश्यलाई नेपालले पनि अंगालेको छ । दिवसका अवसरमा यूवा र बालबालिकाका कुरा सुन्नु नै उनीहरुलाई स्वस्थ र सुरक्षित राख्ने प्रथम चरण हो भन्ने नारा सहित गृह मन्त्रालयले विभिन्न कार्यक्रम गर्दैछ । यसैगरी ललितपुरको सामुदायिक सेवा केन्द्रले सबैले लागुऔषधको कारोवार र तस्करका बिरुद्ध एक हुनपर्ने अभियान सहित आइडिएल मोडल स्कूल धोबिघाटमा विभिन्न कार्यक्रम गर्दैछ । सरकारी तथ्याङ्क अनुसार, २०६३ सालपछि लागुऔषध प्रयोगकर्ताको संख्या तीन गुणाले बढेको छ । २०६३ सालमा ४५ हजारको हाराहारीमा रहेको सो संख्या २०७३–०७४ मा आईपुग्दा एक लाख ५० हजार पुगेको छ ।  कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्