यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला खोप समन्वय समिति मोरङको आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका अनुसार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म मुलुकका ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

