Logo
|
Thursday 28th March 2024
Logo

epaper

अनशनरत डा.केसीको जीवन रक्षाको माग



नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय (स्थायी समिति) बैठकले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेको छ ।

उक्त बैठकले डा केसीका जायज माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो ।

वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृित, विसंगतिका विरुद्धमा निरन्तर संघर्षरत डा केसीको आन्दोलनलाई केही राजनीनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेकोप्रति आपत्ति जनाउँदै उहाँको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्