Logo
|
Monday 3rd October 2022
Logo

epaper

विद्यार्थीलाई हानिएको गोलीले जब प्रहरी नै ढले



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।

प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । विद्यार्थीलाई तितर बितर पार्ने क्रममा प्रहरीले हानेको गोली प्रहरीमाथि नै लाग्न पुगेको थियो ।

त्यही बेला विद्यार्थीलाई हटाउन भिडमा पसेका थिए प्रहरी जवान कमल उपाध्याय । विद्यार्थीहरुलाई तितरबितर पार्ने काममा जुटिरहेका बेला प्रहरीको तर्फबाट गोली हानियो । विद्यार्थीलाई लक्षित गरी हानिएको गोली उपाध्यायको दाहिने छातीमा गएर लाग्यो ।

गोली लागेर ढलेका उनलाई तत्कालै प्रतिष्ठानमै भर्ना गरेर अप्रेशन अघि बढाइएको छ । रगत अभाव भएपछि त्यहाँ उपस्थित पत्रकारदेखि विद्यार्थीसम्मले १० पोइन्ट भन्दा धेरै रगत दिएका छन् । जिल्ला प्रहरी कार्यालयले गोली नचलाएको बताएपनि उपाध्यायको छातीको एक्सरे रिपोर्टमा गोली नै देखिएको छ । त्यही गोली निकाल्ने प्रयासमा प्रतिष्ठानका चिकित्सकहरु जुटेका छन् । अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्