Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीले गरे बी एण्ड बी हस्पिटलमा क्याथ ल्याब सेवाको उद्घाटन



ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलले मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथ ल्याब सेवा शुरु गरेको छ । उप—प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्रप्रसाद यादवले अस्पतालमा आयोजित कार्यक्रमा आज (साउन ४ गते) सो क्याथल्याव सेवाको उद्घाटन गर्नुभयो । 

सो अवसरमा मन्त्री यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । निजी अस्पतालहरुसँग राज्य सहकार्य गर्न तयार भएको बताउँदै उहाँले भन्नुभयो—‘स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधा सम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्छ ।’
सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले गुणस्तरीय सेवा पाउनबाट विपन्न नागरिक वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहँुच पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।
अस्पतालका अस्पतालका अध्यक्ष एवं वरिष्ठ हाडजोर्नी सर्जन प्रा.डा. अशोक बाँस्कोटाले एउटै छातामुनी मल्टिस्पेशियालिटी सेवा दिने उद्देश्यका साथ अस्पताले मुटुरोग विभाग पनि सञ्चालनमा ल्याएको बताउनुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. जगदीशलाल बैद्यले अब बी एण्ड बी अस्पतालमा सहुलियत दरमा क्याथल्याब सेवा प्राप्त हुने बताउनुभयो ।
मुटुरोग विभागका कोअर्डिनेटर एवं मुटु रोग विशेषज्ञ डा. दिपक मिश्रले बिरामीको उपचारमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
अस्पतालले इमर्जेन्सी म्यानेज्मेन्छ एण्ड इन्टेन्सिभ केयर, चौबीसै घण्टा एन्जिओप्लाष्टी सेवा, कार्डियाक क्याथेटेरिसन, एन्जिओग्राफी, एन्जिओप्लाष्टी र स्टेन्टिङ, डिभाईस इम्प्लान्टेसन (डिभाइस, पेशमेकर, एआईसिडी, सिआरटी—डी), पेरिफेरल इन्टरभेन्सन,इको र कलर डप्लर, ट्रेडमिल एक्सरसाइजको सुविधा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्