Logo
|
Thursday 18th April 2024
Logo

epaper

थुनामा रहेका बन्दीहरुको स्वास्थ्यको स्टार हस्पिटललाई चिन्ता



ललितपुरको सानेपास्थित स्टार हस्पिटलले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार विभिन्न घटनामा थुनामा रहेका कैदीहरुलाई निःशुल्क चिकित्सकीय सेवा उपलब्ध गराउन थालेको छ । स्टार हस्पिटल र ललितपुरको महानगरीय प्रहरी प्रमुखबीच आज (२०७५ साल साउन ४ गते) सहमति पत्रमा हस्ताक्षर भयो । स्टार हस्पिटल र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, गणेश बहादुर ऐर तथा अस्पतालका सि.ओ.ओ. एवं नेत्र रोग विशेषज्ञ डा. सन्देश जि. सी.ले सो सहकार्य पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमति अनुसार स्टार हस्पिटलले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार थुनुवा बन्दीहरुलाई निःशुल्क चिकित्सकीय सेवा उपलब्ध गराउने अस्पतालका म्यानेजर हरी ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्