Logo
|
Tuesday 16th April 2024
Logo

epaper

गर्भवतीलाई पोषण आहार



 बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु गरेको छ ।

बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवतीलाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

नगर प्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवतीलाई पोषण सामग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । हरेक बार खाना चार मूल उद्देश्यका साथ गर्भवती र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्