Logo
|
Friday 19th April 2024
Logo

epaper

डा. केसीका माग सम्बोधन गर्न आग्रह : उपसभापति निधि



 

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ ।

युरोप भ्रमणपछि आज स्वदेश फर्कनुभएका उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिनुभयो ।

उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ आफ्नो भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्कनुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्