Logo
|
Friday 19th April 2024
Logo

epaper

कानुनमन्त्री तामाङद्वारा राजीनामा



 कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मन्त्रालयमा दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र बुझाइने बताए ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन्।

मन्त्री तामाङले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पारे। राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङ पत्रकार र मन्त्रालयका कर्मचारीबीच भावुक बनेका थिए।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले गुनासो गर्दै आफ्नो भनाइलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको आरोप लगाए।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो। उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अालोचना भएको थियो।

वर्तमान सरकारको समृद्धि नेपाल र सुखी नेपालीको नारामार्फत देश विकासको पूर्वाधार खडा गर्ने काममा आफू प्रतिबद्धता रहेको उनले जनाए। कान्तिपुर

प्रतिक्रिया दिनुहोस्