Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा.केसी पक्ष र सरकारी टोलीबीच सिंहदबारमा वार्ता, सहमति जुट्न सक्ने



डा.केसी पक्ष र सरकारी टोलीबीच सिंहदबारमा वार्ता, सहमति जुट्न सक्ने
 २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच प्रधानमन्त्री कार्यालय सिंहदबारमा वार्ता सुरु भएको छ। बुधबार शिक्षा मन्त्रालयमा भएको वार्ता असफल भएपछि रातभरको परामर्शपछि बिहीबार दिउँसो २ बजेपछि सिंहदरबारमा वार्ता सुरु भएको हो।

सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी पक्षका वार्ता टोलीका संयोजक डा. अभिषेक कुमार सिंह हात मिलाउँदै वार्तास्थलमा प्रवेश गरेका छन्। वार्तास्थल प्रवेश गर्नुअघि केसीका प्रतिनिधिको नेतृत्व गरेका डा. सिंहले भने, ‘डा. केसीको स्वास्थ्य अवस्था नाजुक भन्दा नाजुक बन्दै गएको छ। उहाँका मागमा सरकार लचक हुने अपेक्षासहित वार्ता गर्न लागेका छौँ।’

उता सरकारी वार्ता टोलीका संयोजक बरालले समेत आजको वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन्। ‘मंगलबारको छलफल सकारात्मक भएको थियो ’, बरालले भने, ‘बुधबार प्राविधिक कारणले वार्ता निष्कर्षमा पुगेन। आजको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेको छु।’

प्रधानमन्त्री कार्यालयमा वार्ता गर्नुअघि सरकारी वार्ता टोली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपनेता सुवास नेम्वाङको कार्यकक्षबाट प्रधानमन्त्रीको म्याण्डेट लिएर वार्तास्थलमा पुगेको हो। आजको वार्ताबाट डा. केसीले यही विषयमा अर्को अनसन बसनु नपर्ने गरी लिखित सम्झौता हुनेगरी वार्ता सुरु भएको स्रोतको दाबी छ। अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्