Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पालभित्र सुत्केरी, ‘बच्चालाई बचाउनै गाह्रो छ’ : निर्मला नेपाली



निहुरिएर मुस्किलले पस्न मिल्ने त्रिपालको टहरो । भित्र साँघुरो र अँध्यारो कोटरी । चारैतिर पानी रसाइरहेको छ । १७ वर्षीया निर्मला नेपाली त्यही पालभित्र एकमहिने शिशुसहित बसिरहेकी छन् । । अलिकति मेघ (वर्षा) आउनेबित्तिकै भित्र पानीको खाल पर्छ, बच्चालाई बचाउनै गाह्रो छ,’ उनले भनिन्, । त्यसमाथि सर्पको डरले रातभरि निदै्र पर्दैन ।’

मंगलबार दिउँसो विस्थापित बस्ती पुगेको कान्तिपुरकर्मीसँग उनले भनिन्, ‘मलाई त अहिले सुत्केरी भइसकेपछि पनि ‘सुत्केरी व्यथा’ लाग्ने बेलाभन्दा बढी पीडा भइरहेको छ ।’अनिद्राले निर्मलाका आँखामात्र सुन्निएका छैनन्, चिसोले हातखुट्टा पनि सुन्निएका छन् । सुत्केरी भएयताका ३० रातमध्ये मुस्किलले १० रात राम्ररी निदाएको उनी सम्झिन्छिन् । निदाओस् पनि कसरी ?’ नजिकै रहेकी सासू लक्षिमा दमाईंले भनिन्, ‘न पेटभरि अन्न न सुत्नलाई सुबिस्ता छ ।’ निर्मलालाई ४ वर्षअघिको बाढीले इत्रामखोलाबाट विस्थापित गरी वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्र पुर्‍याएको हो । उनको भोगाइमा अन्य थुप्रै विस्थापितको पीडा झल्किन्छ ।
माघमा निर्मला गर्भवती भएको ४ महिना पुग्दै थियो, पति कामको खोजीमा मुम्बई गए । गर्भावस्था र प्रसूतिका बेला पति सँगै हुन् भन्ने चाहना कसको हुन्न र ? तर, बाढीले पालभित्र पुगेकी निर्मलाको चाहना अधुरै रहयो । अहिले दु:खमाथि दु:ख थपिँदा पतिको सम्झनाले सताउँछ । ‘सँगै बसौं भनेर मात्र भएन, जीवन धान्न उता (मुम्बई) नगई सुख छैन,’ उनले भनिन् ।
यी सबै दु:खका बीच घेरिएकी निर्मला अब सरकारले पालको बास छोटयाइदेओस् भन्ने चाहन्छिन् ।

उनीहरू विस्थापित भएपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी ३ निर्वाचन भए । चुनावमा भाग लिएका सबै उम्मेदवार र दलले बाढीपीडितलाई उचित बसोबासको व्यवस्था गर्ने सपना सुनाए । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्