Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

१० घन्टाभन्दा बढी सुत्नु घातक



स्वस्थ मानिसले दैनिक ६ देखि ८ घन्टा निदाउन जरुरी रहेको चिकित्सकहरू बताउँछन् । उसो त हरेक मानिसलाई एउटै नियम लागू नहुन सक्छ । बच्चालाई अलि बढी निद्रा र आरामको जरुरत पर्छ । सामान्यतया थकित अवस्थामा बढी सुत्नुपर्छ भन्ने मान्यता छ । तर, हाम्रो सुस्त जीवनशैली र अव्यवस्थित सुताइले मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्ने गर्छ । यदि मानिसमा १० घन्टाभन्दा बढी समय सुत्ने बानी छ भने त्यो मानसिक समस्यासमेत हुन सक्छ । लामो समयसम्म सुत्ने मानिसलाई स्लिपिङ डिसअर्डरको समस्या हुन सक्छ ।

स्लिपिङ डिसअर्डरपछि
स्लपिङ डिसअर्डर भएका मानिस अधिकांश समय आफूलाई थकित महसुस गर्छन् । यसको कारण इन्सोमेनिया पनि हुन सक्छ । राति अबेरसम्म जाग्राम हुनु र उठेपछि पनि फ्रेस अनुभव नगर्नु यसका लक्षण हुन् ।

स्लिपिङ डिसअर्डर विभिन्न तरिकाका हुन्छन् । बढी सुत्नु वा कम सुत्नु दुवै स्लिपिङ डिसअर्डर हो । बेडमा बसेको लामो समयसम्म पनि निद्रा नआउने, दिनभर निद्राको झड्का लागिरहने, रातमा बढी सपना देख्ने, छिनछिनमा ब्युँझिने, मुख सुक्ने, रातमा छटपटाइरहने, निद्रामा हिँड्ने आदि कार्य स्लिपिङ डिसअर्डरका लक्षण हुन् ।

कसैमा निदाएको समय खुट्टाको नसा चल्ने समस्या हुन्छ । जसले निद्रा नलाग्ने पनि समस्या निम्त्याउन सक्छ । निदाएको समय देख्ने २० प्रतिशत सपनालाई सामान्य मानिन्छ । योभन्दा बढी सपना देखिएको छ भने त्यो स्लिपिङ डिसअर्डर हुन सक्छ । त्यस्तै, निद्रामा बोल्ने, हिँड्ने, असामान्य काम गर्नेको कारक पनि स्लिपिङ डिसअर्डर हो ।

कतिपयले थकावट र तनावका कारण सुत्नका लागि औषधिको सहारा लिने गर्छन् । जसले शारीरिक तथा मानसिक समस्या ल्याउन सक्छ । यस्तो औषधि सेवनका कारण स्लिपिङ डिसअर्डरसमेत हुन सक्छ ।

डिप्रेसनले बढी निद्रा
बिहान अबेरसम्म सुत्ने कारण डिप्रेसन पनि हुन सक्छ । विभिन्न अनुसन्धानले भनेका छन् कि स्लिपिङ डिसअर्डरजस्ता इन्सोमेनियाबाट डिप्रेसनको सम्भावना पनि हुन्छ । यदि कोही मानसिक समस्याबाट गुज्रिरहेको छ भने पनि उसलाई निद्रामा समस्या आउन सक्छ ।

शारीरिक रोगको प्रभाव
मानसिक स्वास्थ्यले मात्र नभई शारीरिक स्वास्थ्यले पनि निद्रामा प्रभाव जमाउँछ । मांसपेशीका दुखाइका कारण पनि अनिद्राको समस्या हुन सक्छ । एनिमिया, थाइराइटिसजस्ता समस्या भएको अवस्थामा पनि नयाँ रोग जन्मन सक्छ । यसले सुताइमा समस्या सिर्जना गर्छ ।

हर्मोन परिवर्तन
आस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मन जोकोही महिलाका लागि अनिद्राको कारक बन्न सक्छ । मनोपोजले पनि निद्रा र गर्भावस्थामा समस्या उत्पन्न गर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्